Pura Samachar

सत्ता गठबन्धनकाे बैठक आज बिहान १० बजे पुन: बस्ने

प्रकाशित: February 18, 2022
पूरा समाचार

सत्ता गठबन्धनकाे बैठक आज बिहान १० बजे पुन: बस्ने

काठमाडाैं । सत्ता गठबन्धनकाे बैठक विना निश्कर्ष  सकिएकाे छ ।

अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक विना निश्कर्ष  सकिएको हाे।

बैठक आज बिहान १० बजे पुन: बस्ने बालुवाटार स्राेतले जनाएकाे छ ।

त्यस्तै, बिहीवार बसेकाे बसेको बैठकले एमसीसी भोलीकाे संसद बैठकमा पनि टेबल नहुने निर्णय गरेको छ। भाेलीकाे बैठकमा थप छलफल गर्ने सहमति भएकाे स्राेतले बताएकाे छ ।

सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिएको छ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागि हुनुभएकाे बताइएकाे छ।

प्रतिक्रिया