दिपायल । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।
कैलालीको धनगढीबाट अछामतर्फ जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस फुलौटमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।
बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
प्रतिक्रिया