Pura Samachar

राप्रापाको प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनयन

प्रकाशित: February 18, 2022
पूरा समाचार

राप्रापाको प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनयन

ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ शुक्रबारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ।

यससँगै शाही राप्रापाको प्रवक्तामा ज्ञानेन्द्र मनोनित भएका छन्। यससँगै अब राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा शाहीलाई पार्टीमा स्वागत गरेर केन्द्रीय सदस्य र प्रवक्तामा मनोनयन गरेका हुन्।

राप्रपामा यसपहिले मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहालसहित चारजना प्रवक्ता छन्। त्यस्तै राप्रपामा अन्य तीनजना सहप्रवक्ता पनि छन्।

प्रतिक्रिया