Pura Samachar

सायो (SAYO )ले सडक मर्मतको लागि लगायो गुहार

प्रकाशित: February 18, 2022
पूरा समाचार

सायो (SAYO )ले सडक मर्मतको लागि लगायो गुहार

डा. हरिमोहन पोखरेल

कोहिमा/साउदन अंगामी यूथ ओरगनाइजेशन (SAYO )ले नेशनल हाईवे नंबर दुईको खुजुमा -जाखामा बीच यथाशीघ्र सडकको मर्मत गरिनु पर्दछ भन्दै एउटा पत्र लेखेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सायोले नेशनल हाइवे कंस्ट्रक्शन कॉर्पोरेशनलाई लेखेको पत्रमा यो उल्लेख गरेको छ कि कम्पनीले यथाशीघ्र खुजुमा र जाखामा बीच सडकको मर्मत गरिनुपर्ने छ ।नभए सो इलाका भित्र गाडीहरूको आवत -जावतमा विभिन्न प्रकारको दुर्घटना हुन सक्ने अनुमान गरिएको छ ।
पत्रले अझै अगाडि जनायो कि यो एरियामा नेशनल हाइवेको स्थिति साह्रै नै खराब भएको र मर्मतको समय पनि भएको छ ।
पत्रले सरकारको ध्यानाकर्षण गर्दै भन्यो कि यस कार्यमा सरकारको तर्फबाट पनि सक्दो सहयोग तुरुन्तै गरिनुपर्ने छ ।जसका लागि स्थानीय बासिन्दाले पनि सक्दो मदद दिइने छ ।
सायोका सचिव तथा अध्यक्ष द्वारा हस्ताक्षर गरिएको सो पत्रमा यस क्षेत्रमा सडकको मर्मत यथाशीघ्र नगरे भविष्यमा उचित कदम चाल्ने पनि कुरा गरेको छ ।
स्मरण रहोस् खुजुमा र जाखामा बीच हाइवेको स्थिति भने अति नै नाजुक रहेको कुरा प्रकाशमा नआएको होइन ।तर सायोको यो कदमले अवश्य पनि साकार रूप पाउने छ भन्दा फरक नपर्ला

प्रतिक्रिया