Pura Samachar

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै

प्रकाशित: February 19, 2022
पूरा समाचार

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्तोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन्

सो पार्टीका महासचिव डा। वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताए ।

प्रतिक्रिया