Pura Samachar

प्रेमनाथ ठाकुरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक नियुक्त

प्रकाशित: February 19, 2022
पूरा समाचार

प्रेमनाथ ठाकुरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक नियुक्त

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणकै उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्ध बनाएको छ।

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईको ठाउँमा ठाकुरलाई पठाउने निर्णय प्राधिकरणले गरेको हो। गुरागाई यही फागुन १६ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन्।

ठाकुरले यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रवक्ता तथा नेपालगञ्ज विमानस्थलको प्रमुख भएर काम गरिसकेका छन्।

ठाकुर प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रसँगै प्राधिकरणको निमित्त महानिर्देशक समेत भएका थिए।

प्रतिक्रिया