Pura Samachar

लिभरपुलको सहज जित

प्रकाशित: February 20, 2022
पूरा समाचार

लिभरपुलको सहज जित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।

खेलको ४८ औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याएका थिए ।

 

खेलको ६७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

लिभरपुलका लागि उनको यो पहिलो गोल हो ।

जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ ।

लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

नर्विच १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया