
काठमाडौं – खेलको अन्त्यतिर अंगुना जुनियर निर्णायक गोल गरेपछि जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबमाथि जित हासिल गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २–१ ीजतसँगै जावलाखेलले रेलिगेसन खतरालाई लगभग टारेको छ । तेस्रो जितसँगै १३ अंक पुगेको जावलाखेल १० औं स्थानमा उक्लेको छ । १० अंकको नेपाल पुलिस क्लब भने ११ औं स्थानमा झरेको छ । जावलाखेलको जितले ब्रिगेड ब्वाइज क्लब, पुलिस र फ्रेन्ड्स क्लबमाथि रेलिगसेन दबाब बढेको छ । नेपाल पुलिस क्लबको पनि समान ११ अंक नै छ । अंक तालिकाको १२ औं स्थानमा रहेको फ्रेन्ड्सको १० अंक छ भने ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को ७ अंक छ ।६ अंक मात्र जोड्न सकेको च्यासल युथ क्लब शनिबार नै रेलिगेसनमा परिसकेको छ । पुलिस र बिबिसीले २ खेल बाँकी छ । जावलाखेल र फ्रेन्ड्ले भने अन्तिम १ खेल खेल बाँकी छ । रेलिगेसनमा पर्ने दोस्रो टोलीको टंगो लाग्न बाँकी छ ।
प्रतिक्रिया