Pura Samachar

श्रीलंकाको जित

प्रकाशित: February 20, 2022
पूरा समाचार

श्रीलंकाको जित

काठमाडौं । पाहुना टोली श्रीलंकाले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा जित हात पारेको छ ।

मेलवर्नमा भएको अन्तिम खेल श्रीलंकाले ५ विकेटले जितेपछि सिरिज क्लिन स्विप हुनबाट बचेको छ ।

यस अघिका चारवटै खेल अष्ट्रेलियाले जितेको थियो ।

आईतबार अष्ट्रेलियाले दिएको १ सय ५५ रनको लक्ष्य श्रीलंकाले निर्धारित २० ओभरको एक बल बाँकी छदै ५ विकेट गुमाएर पुरा गर्यो ।

श्रीलंकालाई जित दिलाउन कुशल मेन्डिसले अविजित रहदै सर्वाधिक ६९ रनको योगदान गरे ।

मेन्डिसले ५८ बल खेल्दै ५ चौका र १ छक्का हिर्काए ।

कप्तान दनुस सनाकाले ३५ तथा चरिथ असालांकाले २० रनको योगदान गरे ।

अष्ट्रेलियाका केन रिचर्डसनले सर्वाधिक २ तथा एस्टन अगरले १ विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५४ रन जोड्यो ।

अष्ट्रेलियाका लागि म्याथ्यू वाडेले अविजित ४३ रनको योगदान गरे । उनले २७ बल खेल्दा समान दुई चौका र दुई छक्का प्रहार गरे ।

ग्लेन म्याक्सवेलले २९ तथा जोश इंग्लीसले २३ रन बनाए ।

श्रीलंकाका लाहिरु कुमारा र दुस्मान्था चमिराले समान दुई–दुई विकेट लिए ।

प्रविण जयाविक्रमा र चमिका करुनारत्नेले एक–एक विकेट हात पारे ।

प्रतिक्रिया