Pura Samachar

गठबन्धन टुट्ने सम्भावना बढयो : वरिष्ठ नेता खनाल

प्रकाशित: February 21, 2022
पूरा समाचार

गठबन्धन टुट्ने सम्भावना बढयो : वरिष्ठ नेता खनाल

 

नेताहरुले आफनो फाइदाका लागि विदेशी सुपरपावरका सामु झुकेको उहाँको आरोप थियो । अध्यक्ष नेपालप्रति आक्रोश व्यक्त गदै उहाँले माधव नेपालले मात्र भनेर नहुने बताउनुभयो । पछिल्लो समय एमसीसीको कारण नेकपा (एकीकृत समाजवादी) विभाजनको मुखमा पुगेको छ । खनालले अब माधव नेपालसँग सहकार्य गर्न नसकिने भन्दै असन्तुष्ट नेताहरुसँग छुट्टै छलफलसमेत थालेको पाईएको छ । झलनाथ खनालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्नेसम्मको परिस्थिति उत्पन्न भएकोले सोहीअनुसार गृहकार्य भैरहेको समाजवादीका एक नेताले जनाए । यस बिषयमा जिज्ञासा राख्दा नेता खनालले आजको सचिवालय बैठकमा एमसीसीको जात्रा कहाँबाट आयो, किन आयो ? त्यसका बारेमा छलफल गरेर अगाढि बढने बताउनुभयो । उहाँले बैठकमा गठबन्धनका बारेमा पनि समिक्षा गरिने बताउनुभयो । यसरी हुँदै नभएको सहमति अगाडि बढाउँदै गए गठबन्धन तोडिन पनि सकिने उहाँको टिप्पणी थियो ।

पार्टीले निर्णय नगरेको कुरामा अध्यक्षको निर्णय मान्नुपर्ने कुनै कारण नभएको भन्दै खनालले यसको भण्डाफोर गर्ने र तत्कालै नयाँ दल गठन गर्ने तयारी सम्म भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया