Pura Samachar

नागालैंडमा हिन्दी शिक्षकहरू अयोग्य छन, केन्द्रले बराबर तलब दिन मान्दैन

प्रकाशित: February 21, 2022
पूरा समाचार

नागालैंडमा हिन्दी शिक्षकहरू अयोग्य छन, केन्द्रले बराबर तलब दिन मान्दैन

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंडमा राज्यमा धेरै जसो हिन्दी शिक्षकहरू अयोग्य भएको कारणले नै केन्द्रबाट बराबर तलब दिन नसकेको हो भन्दै नागालैंड राज्यको शिक्षा विभागका सलाहकार टी के सुखालुले बताए ।
गत साता मोन जुनियर हाइस्कुललाई पूर्ण रूपमा हाई स्कुलको दर्जा दिने एउटा कार्यक्रममा उनले बताए ।
सल्लाहकारले अगाडि भने कि राज्यमा धेरै जसो हिन्दी शिक्षिकाहरूले दस पास गरेका या यसको बराबरी अध्ययन गरेर हिन्दी विषयमा भने बारह सम्मको अध्ययन या यसको समकक्ष मात्र शिक्षा हासिल गरेकोले गर्दा नै केन्द्र सरकारले अल्छी गरेको हो ।
उनले अगाडि भने कि यदि कुनै पनि शिक्षिकाहरूले डीग्री या डिप्लोमा सम्मको डीग्री हासिल गरेको भए यो काम सहजै रूपमा हुन सक्ने कुरा उनले बताए ।
उनले अगाडि भने कि गतः केही दिन अगाडिबाट राज्यमा हिन्दी शिक्षिकाहरूले केही महिना अगाडिबाट तलब नपाएको र त्यसको लागि सरकारले प्रयास रहेको कुरा गर्दै चाडै धर्ना छोडेर काममा फर्कनु पर्ने कुरा पनि गरेका थिए ।
स्मरण रहोस् केही दिन अगाडि नागालैंडमा हिन्दी टिचर एसोसिएसनको ब्यानरमा धर्ना प्रदर्शन जारी छ ।सरकारले चाडो समाधान खोजे छात्राहरूले राहत पाउने थिए ।

प्रतिक्रिया