
एजेन्सी । भारतमा काेराेना संक्रमितकाे संख्यामा उल्लेख्य गिरावट देखिएकाे छ । केही दिनदेखि संक्रमितकाे संख्या घट्दै गएकाे हाे ।
पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् ।
यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।
भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया