Pura Samachar

पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,४ जनाले ज्यान गुमाए

प्रकाशित: February 21, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,४ जनाले ज्यान गुमाए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ३८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ८ हजार १४० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्।

५ हजार २२५ जनामा पिसिआर गर्दा २४७ जनामा र २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। एक हजार २०५ जना सङ्क्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर ११ हजार २८२ सक्रिय सङ्क्रमित छन्।

यस्तै काठमाडौँ उपत्यकामा ९६ सङ्क्रमित थपिएका छन्। काठमाडौँमा ७७, भक्तपुरमा ८ र ललितपुरमा ११ जना सङ्क्रमित थपिएका हुन्।

प्रतिक्रिया