Pura Samachar

ए’ डिभिजन लिग फुटबल: आज मंगलबार दुई खेलहरु हुँदै

प्रकाशित: February 22, 2022
पूरा समाचार

ए’ डिभिजन लिग फुटबल: आज मंगलबार दुई खेलहरु हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलहरु हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुलिस र एपीएफबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पुलिस आज एपीएफलाई हराउँदै अंक तालिका सुधारको योजनामा हुनेछ । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

एपीएफ पनि पुलिसलाई हराउने योजनामा हुनेछ । एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आज संकटालाई हराएर आर्मी दोस्रो स्थानमा उक्लन चाहन्छ ।

संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा पनि आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ।

आजको खेल १२ औं चरणको अन्तिम दुई खेल हो । यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । यस्तै ब्रिगेड ब्वाइज र च्यासल युथ रेलिगेसनमा परिसकेको छ ।

प्रतिक्रिया