काठमाडौं । तीन दिनदेखि बेपत्ता रहेका कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँ मृत्यु फेला परेका छन् । तनहुँ स्थायी घर भएका पत्रकार विगत तीन दिनदेखि सम्पर्कविहिन थिए । उनी बुधबार मकवानपुरमा मृत फेला परेका हुन् ।
कान्तिपुर दैनिकले पत्रकार बानियाँ वेपत्ता भएका भन्दै बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा खोजी गर्दा उनी मकवानपुरमा माण्डो हाइड्रोपावरको फिल्टरमा अड्कीएको अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।
बानियाँको शव मकवानपुरको हेटौडास्थित जिल्ला अस्पतालमा राखिएको छ । कान्तिपुरका अनुसार पत्रकार बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लो पटक राजधानीको बल्खु चोकमा सोमबार करिब पौने ४ बजे देखापरेका प्रहरीलाई उद्धृत गर्दै उनी कार्यरत कान्तिपुर दैनिकको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको छ ।
समाचारअनुसार बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको छ । पत्रकार बानियाँले सोमबार दिउँसो करिब १ बजे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका र त्यसपछि उनी कार्यालयको सम्पर्कमा नरहेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया