Pura Samachar

आज सुन-चाँदीको मूल्य बढयो

प्रकाशित: February 22, 2022
पूरा समाचार

आज सुन-चाँदीको मूल्य बढयो

आज सुन-चाँदीको मूल्य बढेको छ।

मंगलबार सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी १३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रति‌औंस १९ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया