
काठमाडौं । काठमाडौंको चन्द्रागिरिको एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ।
चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा मंगलबार बिहान साढे ८ बजे १४ वर्षीय बालकको शव फेला परेको हो ।
उदयपुर घर भई चन्द्रागिरि १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको शव भेटिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । शवमा कुनै चोटपटक भने नदेखिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
प्रतिक्रिया