
-डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यको मौसममा फेरि पनि परिवर्तन देखा परेको छ ।हिजो रातिबाट आएको अचानक परिवर्तनमा हावा चल्ने लगायत बिजुलीको चम्काई र अचानक बारीसले जनजीवन अस्तव्यस्त भएको छ ।
आज बिहानै देखि पानी पर्नु र हावाको झटकाले गर्दा मानिसहरूले धेरै नै दुःख पाएको खबर छ ।
यो संवाददाताले फोनबाट प्राप्त समाचार अनुसार हाइस्कुल, सेकरेटेरिएट एरिया,न्यू मिनिस्टर हिल, चांदमारी र अन्य इलाकाहरूमा विशेष गरेर हाजीरावाल र गौपालकहरूलाई अति नै कष्ट भएको खबर छ ।यसैगरी बजार व्यवस्थापनमा पनि सुधार नआएकोले व्यवसायी वर्गले आफ्नो दुखेसो पोखेका छन ।
कोहिमामा पानी पर्ने बित्तिकै चीसो बढनाले गर्दा आम जनता त्यसै नै दुखी छन् भने अझै पनि गौपालकहरूलाई कस्तो समस्या होला भन्नै शब्दमा बयान गर्न सकिन्न ।
यसरी नै मौसम विज्ञान विभागले जनाएको छ कि आगामी अडचालिस घण्टा मौसममा सुधार नहुने र जाडोको तीव्रता अझै बढ्नेछ।
विभागले अगाडि जनायो कि यस पल्ट फेरि पनि मौसममा धेरै गडबढी देखा परेको छ जसको मुख्य कारण दक्षिण -पश्चिम मौसमको प्रभावले गर्दा बङ्गालको खाडीमा हावाको कम दबाव परेकोले पनि हो ।मानिसहरूलाई सजग रहन साथै घरबाट धेरै हिँडडुल नगर्ने पनि चेतावनी दिएको छ ।
हेर्दै जाऔ अहिले नागालैंडमा चीसो बढेको छ।त्यसको परिणाम स्वरूप नै मानिसहरू बिरामी भई रहेका छन भने यो मौसमको चेतावनीले उनीहरू र जाडोमा कति सुधार होला ।त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया