Pura Samachar

एमसीसी विरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न भन्दै गरे कार्वाही गर्ने :गृह मन्त्रालय

प्रकाशित: February 22, 2022
पूरा समाचार

एमसीसी विरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न भन्दै गरे कार्वाही गर्ने :गृह मन्त्रालय

काठमाडौं । सरकारले एमसीसी विरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि नगर्न भन्दै गरे कार्वाही गर्ने चेतावनी दिएको छ । मंगलबार साँझ गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै घटनाको छानबिन गरि कार्वाही गर्ने चेतावनी दिएको हो ।

गृहमन्त्रालयको विज्ञप्तीमा भनिएको छ,‘यस्ता हिंसात्मक कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेका छन् । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ ।’ गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा सरकार नागरिकको जिउ धनको सुरक्षा गर्न तत्पर रहेको उल्लेख गर्दै प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उच्च संयमता अपनाइएको भन्दै प्रहरीको तारिफ गरेको छ ।

‘आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पु¥याउने कार्य नगरिदिनु हुन नेपाल सरकार सम्बन्धित सबैमा ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया