
काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा. जागेश्वर गौतमले प्रेस बिफ्रिङका क्रममा पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएको बताए ।
गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुई, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एक जना रहेका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
प्रतिक्रिया