Pura Samachar

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज (फागुन ११ गते) देखि साधारण सेयर (आइपीओ) निष्कासन

प्रकाशित: February 23, 2022
पूरा समाचार

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज (फागुन ११ गते) देखि साधारण सेयर (आइपीओ) निष्कासन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज (फागुन ११ गते) देखि साधारण सेयर (आइपीओ) निष्कासन गरेकाे छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेकाे हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । उक्त आइपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आइपीओ फागुन ११ देखि छिटोमा १५ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया