Pura Samachar

चेल्सीको अन्तिम आठमा पुग्ने सम्भावना बलियो

प्रकाशित: February 23, 2022
पूरा समाचार

चेल्सीको अन्तिम आठमा पुग्ने सम्भावना बलियो

काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले लिललाई २-० गोल अन्तरले हराएको हो ।

चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र क्रिस्टियन पुलिसिचले एक एक गोल गरे ।

 

घरेलु मैदानमा खेलको आठौं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

यस जितसँगै चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

प्रतिक्रिया