Pura Samachar

कोभिडको त्रास

प्रकाशित: August 13, 2020

कोभिडको त्रास

कोरोना भाइरस अहिले विश्वव्यापी फैलिएको छ । संक्रमणको दर दिनानुदिन तीव्र बनिरहेको अवस्था छ । गत माघ १० गते पहिलोपटक नेपालमा देखिएको कोरोना संक्रमण अहिले तिव्र गतिमा फैलिसकेको छ । तर कोरोना भाइरस संक्रमणले महामारीको रुप लिदा पनि नेपाल सरकार मौनजस्तो देखिन्छ ।संक्रमण नियन्त्रणमा लागेको देखिदैन ।
नेपालमा व्यक्तिको मृत्युपछि हुने कोरोना भाइरसको पिसिआर परिक्षण पोजेटिभ देखिएपछि मात्रै कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको भन्ने कुरा पुष्टि हुँदै आएको छ । यस सन्र्दभमा नेपाल सरकार र सरोकारवाला निकायहरुको गम्भीर ध्यान जान सकिरहेको छैन । चिकित्सक, पत्रकार, तल्लो दर्जाका प्रहरी कर्मचारी, ड्राईभरहरुमा अहिले कोरोना भाइरस संक्रमण पोजेटिभ देखिन थालेको छ ।
यस्तो अवस्थामा सर्वसाधारण जनताहरु भाइरस संक्रमणको खतराले आतंकित बनिरहेका छन । सरकार भने मुकदर्शक बनिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु भने अहिले सत्ता हडप्ने ध्यानमा बाहेक अरु सोच्ने फुर्सदमा छैनन् । सरकारले देश र जनताको हितमा काम गर्न सकेन । कोरोना संक्रमणको कारण अर्थतन्त्र कमजोर छ । यसलाई उकास्न सरकारले खासै ध्यान दिएको देखिदैन । बाढी, पहिरो र डुबानबाट पिडित जनताहरुको उद्धार गर्न सरकार असफल भएको छ । सत्तारुढ दल भित्र देखिएको आन्तरीक विवादलाई ब्यवस्थापन गर्ने हो भने महामारीका कारण पिल्सिएका जनताहरुले केहि राहतको महशुस गर्न सक्ने थिए । तर सत्तासिन दल नेकपा मुलुकमा लकडाउन जारी हुनुभन्दा पहिलादेखि नै चरम विवादमा डुबिरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि कोरोना महामारी नियन्त्रणका लागि खासै प्रभावकारी भूमिका खेल्न सकेको अवस्था छैन । जनताको जीउधनको सुरक्षा गर्ने प्रमुख अभिभारा सरकारको हो । तर सरकार किन कानमा तेल राखेर बसिरहेको छ ? बुझि सक्नु छैन । कोरोना महामारीबाट जनताहरुलाई बचाउने उपाय सरकारले खोज्नु पर्छ ।
सर्वसाधारण जनताहरुको प्राण नै रहने कि नरहने भन्ने परिस्थिती निर्माण भईसकेको छ ।
अहिलेको यो बिषम परिस्थितीमा हामीसँग पर्याप्त स्वास्थ्य सामाग्री, सुविधा सम्पन्न अस्पताल र अस्पतालहरुमा सबै जनताहरुको सहज पहुँचजस्ता कुराहरुको अभाव छ । हुनत कोरोना महामारीको संक्रमणले हामीलाई मात्रै आक्रमण गरेको होईन, सम्पूर्ण विश्व नै आक्रान्त र क्षतिग्रस्त बनिरहेको छ ।f

प्रतिक्रिया