
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको लोसपाको भनाइ छ। प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद छन्।
सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई अगाडि बढाउन भोलि बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ भने भोलिको बैठकको सम्भावित कार्यसूचीमा पनि एमसीसी परेको छ।
प्रतिक्रिया