
काठमाडौं- अभिनेता पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दिएकी छन्। जबरजस्ती करणी करणीको आरोपमा समीक्षाले उजुरी दर्ता गराएकी हुन्।
गायिका समीक्षा अधिकारीले तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएकी हुन्। शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको बताइएको छ।
केही समयअघि सार्वजनिक अडियोमा अभिनेता शाहले शारीरिक सम्बन्ध भएको स्वीकार गरेका छन्।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।
प्रतिक्रिया