Pura Samachar

भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई प्रहरिले आज पक्राउ

प्रकाशित: February 23, 2022
पूरा समाचार

भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई प्रहरिले आज पक्राउ

जलेश्वर, ११ फागुन – भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई महोत्तरी प्रहरले आज पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

आज अपराह्न करिब ४ बजे भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु नौ लाख ५० हजारको मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा भारतीय युवक दीपक रकमसहित पक्राउ परेका हुन् ।

स्रोत नखुलेको रु नौ लाख ५० हजार, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

प्रतिक्रिया