Pura Samachar

आज १३ औं चरणका दुई खेलहरु हुँदै

प्रकाशित: February 24, 2022
पूरा समाचार

आज १३ औं चरणका दुई खेलहरु हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं अर्थात् अन्तिम चरणको खेलहरु आज बिहीबारबाट सुरु हुँदैछ ।

आज बिहीबार १३ औं चरणका दुई खेलहरु हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्स  १२ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् ।

यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ ।

सातदोबाटो १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । सातदोबाटो आज च्यासललाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

प्रतिक्रिया