Pura Samachar

लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडलाई ६–० को भारी अन्तरको जित

प्रकाशित: February 24, 2022
पूरा समाचार

लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडलाई ६–० को भारी अन्तरको जित

एजेन्सी – फरवार्डद्धय मोहम्मद सलाह र साडियो माने चम्कदा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडलाई ६–० को भारी अन्तरको जित निकालेको हो ।

लिभरपुलको सानदार जितमा सलाह र मानेले समान दुई गोल गर्दा जोएल मटिप र भर्जिल भान डाइकले समान एक गोल गरे । लिभरपुलले पहिलो र दोस्रो हाफमा समान ३ गोल गरेको थियो ।

एनफिल्डमा बुधबार राति भएको खेलको १५औं मिनेटमा सलाहको पेनाल्टी गोलबाट लिभरपुल अघि बढेको थियो । ३०औं मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा सलाहले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

दोस्रो हाफमा भने माने चम्किए । ८०औं मिनेटमा मानेले जोर्डन हेन्डरसनको पासमा गोल गरेपछि लिभरपुल खेलमा ४–० ले अघि बढ्यो । ९०औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै लिभरपुललाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुलको फराकिलो जित पक्का गरे ।

यो सानदार जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ३ मा छोट्याउँदै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।
दोस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबनट ६० अंक पुगेको छ । समान खेलबाटै सिटीको ६३ अंक छ । पराजित लिड्स २५ खेलबाट २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया