Pura Samachar

पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: February 24, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५०८ पीसीआर र २ हजार २३५ एन्टिजेन परीक्षण गर्दा ३१८ भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

बिहीबार ५६२ जना संक्रमित कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया