Pura Samachar

नेपाललाइ ओमनको ८८ रनको लक्ष्य

प्रकाशित: February 24, 2022
पूरा समाचार

नेपाललाइ ओमनको ८८ रनको लक्ष्य

काठमाडौं– आईसीसी टी–२० विश्वकपको ग्लोबट छनोटबाट बाहिरिसकेको नेपालले तेस्रो स्थानको लागि खेलिरहेको खेलमा ८८ रनको लक्ष्य पाएको छ। ओमनमा जारी खेलमा नेपालले आयोजक ओमनसँग ८८ रनको लक्ष्य पाएको हो।

टस जितेर ब्याटिङ रोजेको ओमनले पूरा ओभर खेल्दै नौ विकेट गुमाएर ८७ रन बनाएको हो।

ओमनका लागि जिसम मक्सुदले २१ रन बनाए भने आयन खानले १६ रनको योगदान दिए। त्यस्तै, निशम खुसीले १५ रन बनाए। नेपाली टिमका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिँदा कमल सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले समान १–१ विकेट गिराए।

प्रतिक्रिया