Pura Samachar

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकियो

प्रकाशित: February 24, 2022
पूरा समाचार

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकियो

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको छ ।

बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् । आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुनः बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राख्नु भएको थियो । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताउनु भएको थियो ।

प्रतिक्रिया