Pura Samachar

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै

प्रकाशित: February 25, 2022
पूरा समाचार

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। हिजै (बिहीबार) बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए। त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो।

बिहीबार संसदमा अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले बैठक रोक्न लगाएका हुन्।

आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यक्रममा पनि एमसीसी समेटिएको छ।

आजको संसद् बैठकमा पनि  ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले नै प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया