Pura Samachar

चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित    ३ जना घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ

प्रकाशित: February 25, 2022
पूरा समाचार

चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित    ३ जना घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ

काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका खरिदारसहित    ३ जना घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौँ-७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छा घरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीसँगै बिचौलियाको काम गर्दै आएका विनोद श्रेष्ठ र होटेल व्यवसायी मीना मगर पनि पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियार श्रोतका अनुसार थकाली भान्सा घरका सञ्चालकको समेत मिलेमतो देखिएको र खरिदार बस्नेतको साथबाट १ लाख रुपैयाँ र होटेलको काउन्टरबाट ३५ हजार रुपैयाँ नगद बरामद भएको छ ।

प्रतिक्रिया