
प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गराउनेगरि तयारी थालेका छन् । उनले सकेसम्म आफू सत्ता गठबन्धनकै सहयोगमा एमसीसी पास गराउने पक्षमा रहेको बताउँदै आएका छन् । तर, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चा एमसीसीको विपक्षमा उभिएका छन् ।
उनीहरुले एमसीसीमा मतदान भए विपक्षमा भोट हाल्ने बताईसकेका छन् । योसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको सहकार्यको लागि प्रस्ताव गरेका छन् । कांग्रेसले एमालेसँग सहकार्यको गृहकार्य गर्न थालेपछि नेकपा (माओवादी केन्द्र) ले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे छलफल गरेको छ । माओवादी केन्द्रका एक नेताकाअनुसार तत्काल सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको जनाए ।
प्रतिक्रिया