Pura Samachar

नागालैंड विश्वविद्यालयमा मातृभाषा दिवस संपन्न

प्रकाशित: February 25, 2022
पूरा समाचार

नागालैंड विश्वविद्यालयमा मातृभाषा दिवस संपन्न

डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड विश्वविद्यालयको हिन्दी प्रकोष्ठ द्वारा हिजो 21 -02 -2022 को दिन विश्वविद्यालय परिसरमा मातृभाषा दिवस मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार प्रो बी किलानगला जमीर कुलपति नागालैंड विश्वविद्यालय,डा. माओंगसेगबा हिंदी नियंत्रक तथा मिथिलेश कुमार सिंह क्रमशः मुख्य अतिथि एवं विशिष्ट अतिथि रहेका थिए ।
सरस्वती वंदनाबाट आरंभ भएको सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि आचार्य मिथिलेश कुमार सिंहले भने कि मातृभाषाको विकास क्रम जारी नै छ ।हामीहरू सजग र सचेत हुनु आवश्यक छ ।हामीले मातृभाषाको प्रचार प्रसारमा पनि ध्यान उति नै दिनुपर्ने हुन्छ ।
विशिष्ट अतिथिको आसनबाट बोल्दै डा. माओसेंगबाले भने कि नागालैंडमा स्थानीय भाषाहरूको विकास र विस्तार हुनुपर्छ ।जसले गर्दा यहाँको सानो -सानो बोलीहरूले भाषाको रूपमा प्रस्तुत हुन सकोस ।
मुख्य अतिथिको आसनबाट बोल्दै प्रो, बी किलांगला जमीरले भने कि नागालैंडमा लगभग जम्मै जातिहरूका आफ्ना -आफ्ना बोलिहरू छन ।हामीहरूले उनीहरूको मान -सम्मान गर्दै विकास र विस्तार एवं संवर्द्धनको लागि पाइला चाल्नुपर्ने छ ।
वहाँले आफ्नो जीवनको अनुभव सुनाउदै मातृभाषा बिना मान्छे लुलो, लङ्गडो र टुहुरो हुन्छ ।त्यसैले विश्वको कुनै पनि ठाउँमा हामीले हाम्रो मातृभाषा र मातृभूमि भूलनु हुदैन ।
चीन र जापानको उदाहरण दिदै उनले भने कि विश्वका विकसित देशहरू आफ्नो मातृभाषालाई संवर्द्धन गरेर नै विकासको टाकुरामा छन ।त्यसैले आज मातृभाषा दिवसबाट प्रण गरौं कि हामीहरूले धेरै भन्दा धेरै मातृभाषा बोल्ने र काम गर्ने छौ ।
उनले प्रकोष्ठ द्वारा आयोजित कार्यक्रम( गायन ,पेन्टिङ तथा प्रश्नोत्तरी )कार्यक्रमको पनि प्रशंसा गर्दै प्रतियोगिहरूलाई बधाई र शुभकामना दिए ।
कार्यक्रममा मंचको कुशल संचालन श्रीमती प्रिया शर्मा र सुश्री वैष्णवी शर्माले गरेका थिए भने धन्यवाद ज्ञापन डा. लातोलिमा जमीरले प्रस्तुत गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया