Pura Samachar

प्रि -स्कूल खोलने मंजूरी दियो सरकारले

प्रकाशित: February 26, 2022
पूरा समाचार

प्रि -स्कूल खोलने मंजूरी दियो सरकारले

डा. हरिमोहन पोखरेल
प्रि -स्कूल खोलने मंजूरी दियो सरकारले
कोहिमा /नागालैंड सरकारले आगामी एक मार्चबाट प्रि -स्कुलका नानीहरूलाई राहतको खबर गर्दै प्रि -स्कूल खोलने मंजूरी दिएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यको गृह विभाग द्वारा जारी एउटा विज्ञप्ति अनुसार आगामी महिनाको एक तारिखबाट नागालैंडमा जम्मै प्रि -स्कूलहरू खोलिने सकिन्छ तर शिक्षकहरूले कोविदको दोस्रो र अंतिम खोप अनिवार्य रुपमा लगाएको हुनुपर्छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि पचास -पचास प्रतिशतको दरले राखेर कक्षाहरू संचालन गर्न सकिने छ र कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने हुन्छ साथै अभिभावकको पूर्ण सहमति पनि पाउनुपर्ने छ ।
हेर्दै जाऔ सरकारको यो पहलकदमीले अवश्य पनि शैक्षिक क्षेत्रमा सुधार होला ।

प्रतिक्रिया