Pura Samachar

नेपाली राष्ट्रिय क्रिकेट वरीयतामा २ स्थान सुधार१३औं स्थानमा

प्रकाशित: February 26, 2022
पूरा समाचार

नेपाली राष्ट्रिय क्रिकेट वरीयतामा २ स्थान सुधार१३औं स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रिय वरीयतामा २ स्थान सुधार गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले शुक्रबार प्रकाशित गरेको पछिल्लो वरीयता अनुसार नेपाली टोली १३औं स्थानमा पुगेको हो। यसअघि नेपाल १५औं स्थानमा थियो। आईसीसी टी २० विश्वकपको ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएको खेल ओमानलाई बिहीबार ९ विकेटले पराजित गरेसँगै नेपालको वरीयतामा सुधार आएको हो।

वरीयताको शीर्षमा भारत, दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा पाकिस्तान, चौथोमा न्यूजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रिका रहेको छ। अष्ट्रेलिया, वेस्ट इण्डिज,​ अफगानिस्तान, बंगलादेश, श्रीलंका, जिम्बाबे र यूएई छैटौं देखि १२औं स्थानमा छन्।

प्रतिक्रिया