
प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
प्रतिनिधिसभा सचिवालयले आइतबारको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।आतइबार प्रतिनिधिसभाको बैठक १ बजे बस्ने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन्।
त्यसअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान भएको उनले बताए।आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नेछन्।
त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसिसी)माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।
एमसिसीमा सत्ता गठबन्धन तथा प्रमुख विपक्षी गठबन्धनबीच सहमति भइसकेको भने छैन।
प्रतिक्रिया