Pura Samachar

दुई दलका शीर्ष नेताहरूको छलफलमा नेताहरू आ–आफ्नै अडानमा कायम भएपछि निष्कर्षविहीन

प्रकाशित: February 27, 2022
पूरा समाचार

दुई दलका शीर्ष नेताहरूको छलफलमा नेताहरू आ–आफ्नै अडानमा कायम भएपछि निष्कर्षविहीन

बालकोटमा भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा नेताहरू आ–आफ्नै अडानमा कायम भएपछि निष्कर्षविहीन बनेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

छलफल कायमै राख्ने सहमति भएको बताउँदै मन्त्री कार्कीले सञ्चारकर्मीलाई सकारात्मक समाचार सुनाउने चाहना हुँदाहुँदै पूरा नभएको बताउनुभयो ।

‘तपाईंहरुलार्ई सकारात्मक समाचार सुनाउँला भन्ने थियो,’ सञ्चारकर्मीमाझ उहाँले भन्नुभयो, ‘तर, आज पनि पुरानै कुरा दोहोर्याउन पर्ने भयो, संसद खुलाउन उहाँहरु सकारात्मक हुनुभएन ।’

एमालेले सभामुख हटाउनुपर्ने, आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदहरुलाई पदमुक्त गर्नुपर्ने अडान कायम राख्दै आएको छ । एमालेले आफ्ना माग पूरा नभएसम्म संसद नखोल्ने बताउँदै आएको छ ।

एमालेसँगको छलफलमा सञ्चारमन्त्री कार्कीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए ।

प्रतिक्रिया