Pura Samachar

भारतले दोस्रो टी-ट्वान्टीमा श्रीलंकालाई ७ विकेट हरायाे

प्रकाशित: February 27, 2022
पूरा समाचार

भारतले दोस्रो टी-ट्वान्टीमा श्रीलंकालाई ७ विकेट हरायाे

काठमाडौं । घरेलु टोली भारतले दोस्रो टी-ट्वान्टीमा श्रीलंकालाई हराएको छ ।

लखनउमा शनिबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो।

यस जितसँगै भारतले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले जितेको छ ।

श्रीलंकाले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गयो ।

भारतका लागि श्रेयस एयरले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।

रविन्द्र जडेजा ४५ रनमा अविजित रहे । सन्जु सामसनले ३९ रन जोडे ।

श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।

श्रीलंकाका लागि पाथुम निशान्काले ७५ रनको अर्शशतकीय इनिङ्स खेले ।

डसुन सनकाले अविजित ४७ रन जोड्दा दनुश्का गुनाथाललीकाले ३८ रन जोडे ।

प्रतिक्रिया