Pura Samachar

सहमति जुटाउन सत्ता गठबन्धनका नेताहरु आज ९ बजे बैठक बस्दै

प्रकाशित: February 27, 2022
पूरा समाचार

सहमति जुटाउन सत्ता गठबन्धनका नेताहरु आज ९ बजे बैठक बस्दै

काठमाडौं – अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा सहमति जुटाउन सत्ता गठबन्धनका नेता तयार भएका छन्। प्रतिनिधिसभा बैठकमा पेश भइसकेको एमसीसीका कारण गठबन्धन टुट्ने खतरा बढेपछि नेताहरु नयाँ ढंगले जान तयार भएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान ९ बजे एमसीसीमा थप सहमति जुटाउन सत्ता गठबन्धनका नेताहरुलाई बालुवाटारमा बोलाउनुभएको छ । सहमतिका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायत सत्ता गठबन्धनका नेताहरु सहभागि हुने बताईएको छ ।

सरकारबाट बाहिरिनुपर्ने कारणले पनि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको व्याख्यात्मक घोषणामा सकारात्मक देखिएका हुन्। एमसीसीमा सहमति जनाए सरकार र गठबन्धन जोगिने उनीहरुको बुझाईछ ।

एमसीसी पास नभए काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने चेतावनी दिएपछि सत्ता गठबन्धनका नेताले नयाँ ढंगले अगाडि बढ्ने सहमति गरेका हुन्। यो सहमति अनुसार माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना बढेको छ। एमसीसीको पक्षमा मतदान गरेमा सत्ता गठबन्धन जोगिनेछ ।

प्रतिक्रिया