Pura Samachar

रियल म्याड्रिडको जित

प्रकाशित: February 27, 2022
पूरा समाचार

रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको गोलको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ । रियलले घरेलु टोली रायो भालेकानोलाई १–० ले पराजित गरेको हो ।

रियलको जितमा खेलको अन्त्यतिर कप्तान करिम बेन्जेमाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८३औं मिनेटमा भिनिसयस जुनियरको पासमा गोल गरेका थिए ।

शनिबार राति भएको खेलमा रियलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि खेलको अन्त्यतिर नै कुर्नुपरेको थियो । ३९औं मिनेटमा क्यासमिरोले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

यो जितसँगै रियलले शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ । रियलको २६ खेलबाट ६० अंक पुगेको छ । एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ । पराजित रायो भालेकानो २५ खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया