Pura Samachar

सिटीले एभर्टनलाई १-० गोल हरायाे

प्रकाशित: February 27, 2022
पूरा समाचार

सिटीले एभर्टनलाई १-० गोल हरायाे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १-० गोल अन्तरले हराएको हो ।

सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे ।

एभर्टनको मैदानमा फोडेनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेको छ ।

सिटी शीर्ष स्थानमा रहेको छ ।

एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया