Pura Samachar

विश्वविद्यालयले ग्रामीण क्षेत्रमा कौशललाई बढावा दिनु पर्छ :राष्ट्रपति कोविंद

प्रकाशित: February 27, 2022
पूरा समाचार

विश्वविद्यालयले ग्रामीण क्षेत्रमा कौशललाई बढावा दिनु पर्छ :राष्ट्रपति कोविंद

डा. हरिमोहन पोखरेल

कोहिमा /विश्वविद्यालयले ग्रामीण स्तरमा शिक्षाको व्यापक प्रचार प्रसार गर्दै कौशललाई बढावा दिनु पर्ने समय आएको छ भन्दै महामहिम राष्ट्रपति रामनाथ कोविंदले बताएका छन् ।
तीनदिने असमको भ्रमणको दौरान तेजपुर केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा आफ्नो सारगर्भित वक्तव्य राख्दै उनले भने ।
राज्य र राष्ट्रको सर्वाङ्गीण विकास र उन्नतिको स्रोत आज ग्राम्य जीवनशैली भएकोले गर्दा पनि आज ग्रामीण स्तरलाई शिक्षित र उन्नतिशील बनाउनुपर्ने अवस्था भएकाले गर्दा हामीले शिक्षालाई ग्रामीण क्षेत्रमा लैजानुपर्ने भयो ।
उनले अगाडि भने कि यदिभारतको सबै गाउँ शिक्षित भयो भने हामीलाई धेरै सहज र व्यवस्थित एवं सजग हुन सकिन्छ ।त्यसको फलस्वरुप नै देश र राष्ट्रले उन्नतिको शिखर चुम्छ ।
राष्ट्रपतिले विश्वविद्यालयमा विभिन्न क्षेत्रमा उत्कृष्ट र मेधावी छात्र-छात्राछात्र-छात्राहरूलाई डीग्री प्रदान गरे र उनीहरूको उज्ज्वल भविष्यको लागि कामना पनि गरे साथै उनले माता कामाख्याको दर्शन पनि गरे ।
स्मरण रहोस् महामहिम राष्ट्रपति कोविंद पहिलो पटक असमको भ्रमणमा आएका हुन ।

प्रतिक्रिया