Pura Samachar

आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोधलाई कायमै राख्ने

प्रकाशित: February 27, 2022
पूरा समाचार

आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोधलाई कायमै राख्ने

काठमाडौं । आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोधलाई कायमै राख्ने भएको छ ।

विभिन्न मागसहित लामो समयदेखि संसद अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध कायम राख्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोकपथलाई जानकारी दिए ।

‘हाम्रो माग सम्बोधन नभएसम्म हाम्रो अवरोध कायमै रहन्छ । आजको बैठकमा पनि हाम्रो विरोध कामयै रहने कुरा जानकारी गराउँछु ।’ नेता नेम्वाङले लोकपथसँग भने ।

आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी अनुमोदनका लागि छलफल हुनेछ । तर एमालेले भने त्यसमा कुनै प्रतिक्रिया नदिने बुझिएको छ । नेता नेम्वाङले त्यसबारे सत्ता गठबन्धनको प्रस्तुतिलाई हेरेर अघि बढ्ने बताए ।
एमसीसीबारे के गर्नुहुन्छ ? भन्ने लोकपथको प्रश्नमा उनले संक्षिप्तमा भने ‘सत्तागठबन्धनले के गर्छ त्यसपछि हामी अघि बढ्छौँ’

एमाले छाडेर गएका १४ सांसदहरुको कारबाही र सभामुखको राजीनामा लगायत विभिन्न मागसहित एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध कायम गरिरहेको छ ।

प्रतिक्रिया