Pura Samachar

एमसिसीजस्तो सहयोग पाउनु हक भए पनि त्यो सम्मानजनक हुनुपर्ने:झलनाथ खनाल

प्रकाशित: February 27, 2022
पूरा समाचार

एमसिसीजस्तो सहयोग पाउनु हक भए पनि त्यो सम्मानजनक हुनुपर्ने:झलनाथ खनाल

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसीजस्ता सहयोग पाउनु नेपालको हक भएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा भइरहेको एमसिसी सम्झौताबारेको छलफलमा बोल्दै खनालले नेपालजस्ता अविकसित मुलुकले विकसित मुलुकबाट सहायता पाउनु हक भएको बताएका हुन्।एमसिसीजस्तो सहयोग पाउनु हक भए पनि त्यो सम्मानजनक हुनुपर्ने खनालले बताए।

अहिले एमसिसी सम्झौतामा धेरै सर्तहरू रहेकाले यो नेपालको हितमा नभएको खनालले बताए।उनले एमसिसीबारे थप छलफल आवश्यक भएको पनि उल्लेख गरे।

आफू प्रधानमन्त्री हुँदा एमिसिसी परियोजनाबारे कुनै पनि प्रक्रिया अघि नबढेको उनले दाबी गरे।

प्रतिक्रिया