Pura Samachar

प्रतिनिधि सभाले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

प्रकाशित: February 27, 2022
पूरा समाचार

प्रतिनिधि सभाले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं- प्रतिनिधि सभाले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तावका सम्बन्धमा पक्षविपक्षमा उठेका प्रश्नको जवाफ दिएका थिए।

प्रतिनिधिसभाको अर्काे बैठक साँझ ६ः३० बजे बस्नेछ।

प्रतिक्रिया