Pura Samachar

भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज क्लिन स्विप

प्रकाशित: February 28, 2022
पूरा समाचार

भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज क्लिन स्विप

काठमाडौं । घरेलु टोली भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

धर्मशालामा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराएर भारतले सिरिज ३-० ले जितेको हो ।

श्रीलंकाले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गयो ।

भारतका लागि श्रेयस ऐरले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । रविन्द्र जडेजा २२ रनमा अविजित रहे ।

दिपक होडाले २१ तथा सन्जु सामसनले १८ रन जोडे ।

श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो ।

श्रीलंकाका लागि कप्तान डसुन सनकाले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले । दिनेश चण्डीमालले २२ तथा चामिका करुनारत्नेले अविजित १२ रन बनाए ।

भारतका आभेस खानले २ विकेट लिए ।

प्रतिक्रिया