Pura Samachar

लिभरपुललाइ काराबाओ कप फुटबलको उपाधि

प्रकाशित: February 28, 2022
पूरा समाचार

लिभरपुललाइ काराबाओ कप फुटबलको उपाधि

काठमाडौं । लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा लिभरपुलले बाजी मार्यो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे ।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे ।

तर, चेल्सीका गोलकिपर केपा एरिजाबालगा पेनाल्टीमा गोल गर्न चुके ।

Image

पेनाल्टी अघि खेलको ६७ औं मिनेटमा लिभरपुलका माटिपले गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन ।

खेलको ७८ औं मिनेटमा चेल्सीका काइ हार्भटेजको गोल अफसाइड रह्यो ।

यस्तै खेलको अतिरिक्त समयमा चेल्सीका रोमेरो लुकाकुको गोल पनि भीएआरले अफसाइड देखाएको थियो ।

अतिरिक्त समयमै हार्भटेजको अर्को गोल अफसाइड रह्यो ।

लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो ।

पछिल्लो पटक लिभरपुल २०११/१२ को सिजन उपाधि जितेको थियो ।

प्रतिक्रिया