
आइतबार साँझसम्म नेपालमा यसको सामान्य प्रभाव परिरहेको थियो। तर आज (सोमबार) बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
महाशाखाका अनुसार यतिबेला (बिहान) पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
दिउँसो पनि पहाडी भेगमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ। आज राति भने कतै वर्षाको सम्भावना छैन। महाशाखाका अनुसार पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनछ।आज राति भने कतै वर्षाको सम्भावना छैन। महाशाखाका अनुसार पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया